चितवन । नारायणगढमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (६ गते) देखि एटिएम सेवा सुरु गरेको छ । संस्थाले भरतपुर महानगरपालिका वडा नम्वर १ बालकुमारी रोडमा रहेको संस्थाको भवनबाट सेवा सुरु गरेको हो ।
कार्यक्रमको भरतपुर महानगरपालिका सहकारी शाखाका प्रमुख रामबाबु पौडेलले उद्धघाटन गरेका हुन् । सहकारीलाई प्रविधिमैत्रि सेवा दिनुपर्नेमा प्रमुख पौडेलले जोड दिए । संस्थाले एटिएम सेवाका साथै मोवाइल बैंकिङ सेवा दिइरहेको संस्थाका अध्यक्ष कृष्ण कुमार तामाङले बताए ।
उनले संस्थाले चाँडै क्युआर कोड सेवा उपलब्ध गराउने जनाए । संस्थाको सेवा मुख्य कार्यालयसंगै ४ वटै सेवाकेन्द्रबाट उपलब्ध हुने अध्यक्ष तामाङ बताए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया