भक्तपुर । सूर्यविनायकमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७८।०७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजनाको आधारमा आगामी आ.व. २०७८।०७९ मा रु. १९ करोडले वृद्धि गरी कुल कारोबार रु. ८५ करोड पुर्याउने लक्ष्य तय गरेको छ ।
लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र पूर्व अध्यक्ष राजेश वहादुर श्रेष्ठ लगायत गोष्ठीमा उपस्थित सबै जनाले बजेट सफलतापूर्वक कार्यान्वयन गर्नको लागि सल्लाह सुझाव दिएका थिए ।
कार्यक्रमका सहभागिलाई उपाध्यक्ष राजाभाई भेलेले स्वागत गरेका थिए भने कोषाध्यक्ष अशोकरत्न शाक्य र व्यवस्थापक कविन्द्र धौवन्जारले वार्षिक नीति तथा कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत पेश गरेका थिए ।
संस्थाका सचिव कृष्णहरि सैंजुले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २१ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया