सिम्रिक साकोसद्धारा सदस्यलाई उपचार खर्च सहयोग

सिम्रिक साकोसद्धारा सदस्यलाई उपचार खर्च सहयोग :: Sahakari Akhabar

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई निरन्तर रुपमा औषधी उपचार खर्च प्रदान गर्दै आएको छ ।

संस्थाले झापा, इलाम र मोरङ्ग जिल्लामा रहेका आफ्ना ३० वटै सेवाकेन्द्रहरुबाट भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराईरहेका सदस्यहरुलाई औषधी उपचार खर्च दिएको हो ।

संस्थाले सेवाकेन्द्र पाडाजुँगी अन्तर्गतका शेयर सदस्यहरु क्रमशः जित बहादुर बिष्टलाई अप्रेसन उपचार खर्च वापत ११ हजार ३००, पवित्रा रसाइलीलाई ढाडको अप्रेशन खर्च वापत १९ हजार ८०० चुन प्रसाद दर्जीलाई आन्द्राको अप्रेशन खर्च वापत १० हजार सहयोग गरेको हो ।

त्यसैगरी सेवाकेन्द्र गौरादह अन्तर्गतका शेयर सदस्यहरु निर्मला खड्का, निर्मला वि.क., गंगा शिवाकोटीहरुलाई औषधी उपचार खर्च वापत जम्मा २८ हजार ५०० प्रदान गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी सेवाकेन्द्र मेचीनगर अन्तर्गतका शेयर सदस्यहरु कविता तामाङ्ग, खेमराज खरेल, कमला देवी कर्णलाई औषधी उपचार खर्च वापत जम्मा १३ हजार ९०५ तथा सेवाकेन्द्र गोलधापका शेयर सदस्य पवित्रा गुरागाईं लाई उपचार खर्चबापत  २ हजार गरी जम्मा ८५ हजार ५०५ रकम  सहयोग गरेको हो ।

त्यस्तै सेवाकेन्द्र धुलाबारी लघुवित्त अन्तर्गतका शेयर सदस्य ललिता राजवंशीको अकल्पनीय मृत्यु भएकोमा तिर्न बाँकी रकम ७२ हजार २२० मिनाह गरिएको संस्थाले जनाएको छ ।

त्यसैगरी नगद १० हजार परिवारको सदस्यलाई तालिम विभाग प्रमुख बिजय बस्नेत, कर्जा विभाग प्रमुख कृष्ण प्रसाद कडरिया र सेवाकेन्द्र धुलाबारी प्रमुख फणिन्द्र प्रसाद भट्टराईको उपस्थितिमा प्रदान गरिएको जनाइएको छ




Leave a comment