पाेखरा रोयल सहकारीले सिङ्गल डिजिटमा ऋण दिने

पाेखरा रोयल सहकारीले सिङ्गल डिजिटमा ऋण दिने :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ८.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को शुरुवात संगै ऋण लगानीमा ब्याजदर कम गरेको हो।

कोरोना महामारीको मारमा परेका सदस्यहरुको व्यवसाय पुनरुद्धार गर्नका लागि संस्थाले ८.९९ प्रतिशत ब्याजदरमा व्यवसाय निरन्तरता ऋण प्रवाह गर्न लागेको जनाएको छ ।

तत्कालको लागि उक्त शीर्षक अन्तर्गत ऋण प्रवाह गर्न संस्थाले ३० करोडको वित्तीय स्रोतको व्यवस्थापन गरिएको संस्थाका मुख्य प्रवन्धक मीलनढकालले जानकारी दिए ।

उनले व्यवसाय निरन्तरता ऋण अन्तर्गत एक जना सदस्यले बढीमा १ करोड ५० लाख सम्म ऋण लिन सकिने मुख्य प्रवन्धक ढकालले बताए । मासिक रुपमा ब्याज मात्र बुझाए हुने साथै एक वर्षसम्म ब्याजमा परिवर्तन नहुने व्यवस्था गरिएको ढकालले बताए ।

गतवर्ष पनि संस्थाले कोभिड प्रभावित ऋणी सदस्यहरुलाई लक्षित गरि ९.९९ प्रतिशत ब्याज दरमा कोभिड केयर ऋण उपलब्ध गराएको थियो ।

संस्थामा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्दै वित्तीय बजारको प्रतिस्पर्धी ब्याजदरमा सदस्यहरुलाई सर्वसुलभ रुपमा ऋण प्रवाह गर्न लागेको ढकालको भनाइ छ ।

प्रधानकार्यालय बुद्धचोक सहित ४ वटाकार्यालय बाट कारोवार सञ्चालन गरेको संस्थाको हाल ७ हजार ३४६ सदस्य, २० करोड शेयर पूँजी, १३ करोड जगेडा कोष रहेकाे छ ।

त्यसैगरी सत प्रतिशत ऋण जोखिम व्यवस्थापन गरि २ अर्वको वासलात रहेको मुख्य ब्यवस्थापक ढकालले जानकारी दिएका छन् । संस्थाले २०७८ श्रावण १ गतेबाट नै सदस्यहरुलाई ऋण सुविधा लिन आव्हान गरेको छ ।

सूचना हेर्नुहाेस्

 




Leave a comment