इटहरी । प्रदेश नं. १ मातहतका सहकारी संघ/संस्थाले साउन १५ गते भित्र लेखापरीक्षक नियुक्तिको जानकारी पठाउनुपर्ने भएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले साउन एक गते सूचना प्रकाशित गरी क्षेत्राधिकार भित्रका सहकारीलाई १५ दिन भित्र लेखापरीक्षकको विवरण पठाउन निर्देशन दिएको हो ।
कार्यालयले सहकारीले नियुक्त गरेको लेखापरीक्षकको नाम र ठेगाना, विगत तीन वर्षको लेखापरीक्षकको नाम र ठेगाना, लेखापरीक्षकको लेखापरीक्षण इजाजत पत्रको प्रतिलिपि पठाउन सूचना जारी गरेको हो ।
यसैगरी सहकारीले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने सम्बन्धी साधारण सभाको निर्णयको प्रतिलिपि र सम्बन्धित लेखापरीक्षकले संस्थाको लेखापरीक्षक हुन अयोग्य नभएको भनि दिएको लिखित जानकारी पनि कार्यालयमा पठाउनुपर्ने जनाएको छ ।
सहकारीले कार्यालयमा आएर, हुलाकबाट वा कार्यालयको इमेल ठेगानामा समेत विवरण पठाउन सकीने जनाएको छ ।
सूचना हेर्न यहाँ जानु हाेला ।
लेखापरीक्षक नियुक्तिको जानकारी पठाउने सम्वन्धी सूचना ! ! !
Leave a comment