हसना भास्तिपुर साकोस मकवानपुरसम्म विस्तार हुने

हसना भास्तिपुर साकोस मकवानपुरसम्म विस्तार हुने :: Sahakari Akhabar

काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं. ९ टौखेल मच्छेगाउँमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

सेवाकेन्द्रको सोही नगरपालिका वडा नं. ९ का अध्यक्ष देवेन्द्र महर्जनले औपचारिक उदघाटन गरेका हुन् । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जन र प्रमुख अतिथि महर्जनले संयुक्तरुपमा ताम्रपत्र अनावरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले सोही ठाउँमा रहेको न्हुजला साकोसलाई एकिकरण गरी सदस्य सेवा केन्द्रको रुपमा विस्तार गरेको प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जनले जानकारी दिए ।

संस्थाले कलंकीमा रहेको गोर्खा भूमि साकोसलाई समेत एकिकरण गरिसकेको र छिट्टै सेवा केन्द्र विस्तार गरिने उनले बताए । एकिकरणसँगै संस्थाको कार्यक्षेत्र कामनपाको १३, १४, १५, १६ र २९ र मकवानपुर जिल्लाको थाहा नगरपालिकामा समेत विस्तार भएको छ ।

हालसम्म ३ वटा संस्था एकिकरण भई वित्तीय हिसाबले बलियो संस्था बन्न पुगेको छ । संस्थामा ७ हजार सदस्य र १ अर्ब ५० करोडको वासलात रहेको छ ।



Leave a comment