सहकारीकालागि प्रिमियम टेक्नोलोजिजले ल्यायो ‘ट्रष्ट ए एम एल’ सेवा

सहकारीकालागि प्रिमियम टेक्नोलोजिजले ल्यायो ‘ट्रष्ट ए एम एल’ सेवा :: Sahakari Akhabar

काठमाण्डौँ । प्रिमियम टेक्नोलोजिजले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्न ट्रस्टएमल सिस्टम सहकारी संस्थाहरूको लागि पनि उपलब्ध गराउने भएको छ ।

प्रिमियम टेक्नोलोजिज तथा डेटम सिस्टम्स प्राइभेट लिमिटेड बीच उक्त सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र प्रिमियम टेक्नोलोजिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन वनले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबाट डेटम सिस्टम्सले वाणिज्य बैक तथा वित्तिय संस्थाहरूमा प्रयोगमा आइसकेको सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सदस्यको पहिचान गर्न, त्यसको अभिलेख राख्न र सदस्यको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्न सक्नेछन ।

 ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिबेदन र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक माध्यम बाट पठाउन सकीने समेत वनको भनाई छ ।

सदस्यको पेशा, स्थान, व्यवसायको प्रकृति, सहकारीबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानल समेतको आधारमा जोखिम निर्धारण गर्न सक्ने प्रिमियम टेक्नोलोजिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए ।

सदस्य जोखिमयुक्त वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा सदस्यको काम कारवाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा सदस्य, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्ने प्रिमियम टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत वनले बताए ।

यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिबेदन र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक माध्यम बाट पठाउन सकीने समेत वनको भनाई छ ।

सहकारी संस्थाहरुलाई बैंकिङ सफ्टवेयर विकास गर्दै आएको प्रिमियम टेक्नोलोजिज र सम्पत्ति शुद्धिकरण निवारण गर्न मद्दत गर्ने सफ्टवेयर विकास गर्ने डेटम सिस्टम्सको सहकार्यबाट सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रिमियम कोर बैकिङ्ग सोलुसन प्रयोग गर्ने तीन सय भन्दा बढी सहकारीहरूमा सजिलै पहुँच हुने वनको भनाइ छ ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्था सम्म पुग्न सम्झौता कोशेढुंगा हुने बताए ।

याे पनी पढ्नुहाेस् 

अनलाईनबाटै सहकारीको सदस्य बन्न सकिने



Leave a comment