काठमाडौं । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको १४ वर्ष पुरा गरेको छ । संस्था २०६४ साल साउन १ गते २९ जनाबाट सुरुभएको संस्थामा हाल करिब १५ सय सदस्य आवद्ध भएका छन् ।
करिब ८ करोड १५ लाख रुपैयाँ सेयर पुँजी रहेको यस संस्थाको कुल वासलात ९० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठ जानकारी दिए । संस्थामा हाल १७ जना कर्मचारी कार्यरत छन् ।
संस्थाले करदाता सेवा कार्यालय, न्यूरोडबाट सबैभन्दा धेरै कर तिर्ने सहकरी सम्मान, राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ठ संस्था लगायत सम्मान प्राप्त गरिसकेको छ ।
चाईना ट्रेड बहुउद्देश्यीय सहकारी एसियाली ऋण महासंघ (अक्कू)को सहयोगी संस्था समेत हो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको ब्राण्डिङ कार्यक्रममा समेत आवद्ध भएको छ । त्यस्तै आईएसओ चिन्ह प्राप्त गर्ने अन्तिम चरणमा संस्था पुगेको छ ।
संस्थाले बचतमा अधिकतम व्याज दिनुका साथै सर्वसुलभ दरमा कर्जा प्रवाह गर्दै आएको छ । नेपाल सरकारले तोकेको व्याजदरभन्दा पनि कममा कर्जा प्रवाह गर्दै आएको छ ।
संस्थाले अधिकतम १४.५० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । संस्थाले मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट सेवा, मिस्डकल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Leave a comment