भानु जयन्तीमा बुडोल सामुदायिक साकोसद्धारा पुरस्कार वितरण

भानु जयन्तीमा बुडोल सामुदायिक साकोसद्धारा पुरस्कार वितरण :: Sahakari Akhabar

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०८औँ भानु जयन्तीको अवसर पारेर पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा सम्पन्न निबन्ध तथा कविता प्रतियोगिताको पुरस्कार वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा “आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका” विषयक निबन्ध प्रतियोगिताका विजयीहरु एवं “सहकारीको बचत” विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा निवन्ध प्रतियोगितातर्फ काभ्रे मावि बनेपा–६, बुडोलकी जमुना रञ्जितकारले प्रथम पुरस्कार नगद ५ हजार, श्वेतवराह मावि, बनेपा–२, नालाका प्रवास घिमिरेले द्वीतीय पुरस्कार ४ हजार, चैतन्य मावि, बनेपा–८ का विष्णु श्रेष्ठले तृतीय ३ हजार र चैतन्य मावि, बनेपा–८ का विमली तामाङ्गले  सान्त्वना पुरस्कार २ हजार प्राप्त गरे ।

त्यसैगरी कविता प्रतियोगितातर्फ नैमिषारण्य संस्कृत गुरुकुलम्, बनेपा–६ का प्रतीक पौडेलले प्रथम पुरस्कार ३ हजार, सोही विद्यालयका श्रृजन बडालले द्वीतीय पुरस्कार २ हजार, श्वेतबहार माविका सुदीप घिमिरले तृतीय पुरस्कार १५ सय र धुलिखेल हाइस्कुलकी छात्रा नम्रता न्यौपानेले सान्त्वना पुरस्कार १ हजार प्राप्त गरेका हुन् ।



Leave a comment