लर्ड बुद्ध साकोसद्वारा सदस्यलाई पेन्सन वितरण

लर्ड बुद्ध साकोसद्वारा सदस्यलाई पेन्सन वितरण :: Sahakari Akhabar

मोरङ २५ असार ।  लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यहरुलाई पेन्सन बितरण गरेको छ । संस्थाले आज एक कार्यक्रम गरी संस्थाका १८ जना जेष्ठ सदस्यलाई २ हजार २५० का दरले पेन्सन पिबतरण गरेको हो ।

संस्थाले जम्मा ४० हजार ५०० आजीवन भत्ता (पेन्सन) स्वरुप वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मासिक ७५० रुपैँयाका दरले बैशाख देखि असार महिना सम्मको पेन्सन वितरण गरिएको जनाइएको छ ।

पेन्सन वितरण कार्यक्रममा वडाध्यक्ष बाबुराम दाहालले राज्यले सम्मानित गरिरहेको ज्येष्ठ नागरिकहरुलाई सहकारीले समेत ज्येष्ठ सेयर सदस्यका रुपमा पेन्सन उपलब्ध गराएर सम्मान गर्ने कार्यको प्रशंसा गरे ।

२०७४ साल बैसाख देखि २ सय रुपैँयाबाट देखि सुरु भएको उक्त कार्यक्रम आर्थिक वर्ष २०७८÷०७९ भर मासिक ८५० रुपैँयाका दरले उपलब्ध गराउने संस्थाको योजना रहेको संस्थाका सचिव महेन्द्र ढुंगानाले बताए ।

संस्थाले ज्येष्ठ सदस्यहरुको जन्मदिनमा केक काट्ने, उपहार प्रदान गर्ने, हरेक बर्ष १ जनालाई सम्मान गर्ने, तिर्थाटन भ्रमणमा सहभागी गराउने जस्ता कार्यहरु गर्दै आईरहेको जनाइएको छ ।



Leave a comment