सहकारीलाई विशेष महत्व  दिएर खोप उपलब्ध गराउन जिल्ला संघको आग्रह

सहकारीलाई विशेष महत्व  दिएर खोप उपलब्ध गराउन जिल्ला संघको आग्रह :: Sahakari Akhabar

दोलखा । जिल्ला सहकारी संघ दोलखाले सहकारी क्षेत्रलाई विशेष महत्वको क्षेत्रको रुपमा राखेर कोरोना भाइरस(कोभिड १९) को खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

संघका अध्यक्ष हेमन्त चौलागाईले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी दोलखा जिल्लामा रहेका सम्पुर्ण सहकारी संघ÷संस्थाका कर्मचारीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग गरेका हुन् ।

मुलुकको वित्तीय क्षेत्र धाराशायी भएकाले वित्तीय क्षेत्रमा काम गर्ने तथा सरोकार राख्ने सबैलाई खोप उपलब्ध गराउन माग गरिएको हो । संघले जिल्ला प्रशासन कार्यालय चरिकोटलाई पत्र बुझाउँदै सहकारी, बैंक, बिमा कम्पनी, लघुवित्तका क्षेत्रमा काम गर्ने कर्मचारी तथा पदाधिकारीलाई खोप लगाउन माग गरेको छ ।

खोप समयमै प्राप्त नभएमा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने, सेवा प्रवाह इन्कार गर्ने, कार्यालयमा उपस्थित हुन इन्कार गर्न सक्ने तथा यसले जिल्लाको समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने हुँदा विशेष महत्वको क्षेत्रको रुपमा राख्न अनुरोध गरिएको छ । 



Leave a comment