हाइलाइट

प्रदेश १ का ३० प्रतिशत बढी निश्क्रिय सहकारीको सूचि सार्वजनिक हुने 

प्रदेश १ का ३० प्रतिशत बढी निश्क्रिय सहकारीको सूचि सार्वजनिक हुने  :: Sahakari Akhabar

काठमाडौं । प्रदेश १ का ३० प्रतिशत बढी सहकारी निश्क्रिय देखिएका छन् । प्रदेश १ मा सञ्चालित सहकारीमध्ये ३० प्रतिशत भन्दा बढी सहकारी निश्क्रिय भएको प्रदेश १ रजिष्ट्रार कार्यालयले जनाएको छ ।

प्रदेश १ सहकारी रजिष्ट्रार बलराम निरौलाले निश्क्रिय रहेका सहकारीको सूची सार्वजनिक गर्न लागेको जानकारी दिए । बार्षिक प्रतिवेदन नबुझाउने, लेखा परीक्षण प्रतिवेदन नबुझाउने, नियमित साधाणसभा नगर्ने सहकारीलाई निश्क्रिय सूचीमा राखेको जनाए ।

उनले भने ‘असार मसान्तसम्म संस्थाको प्रतिवेदन बुझाएनन् भने निश्क्रिय सूचीमा राखेर प्रकाशन गर्छौ ।’ प्रतिबेदन नबुझाउनेमा बचत तथा ऋणलगायतका कृषि, बहुउद्देश्यीय संस्था छन्।

सहकारी विभागका अनुसार प्रदेश १ मा ४ हजार ३ सय ३७ सहकारी छन् । प्रदेश कार्यक्षेत्र रहेका सहकारीको नियमनमा जोड दिइएको रजिष्ट्रार निरौलाले बताए । 



Leave a comment