हाइलाइट

सीतापाइला सहकारीले ब्याजमा १५ प्रतिशत छुट दिने

सीतापाइला सहकारीले ब्याजमा १५ प्रतिशत छुट दिने :: Sahakari Akhabar

काठमाडौँ । सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुका लागि ऋणको व्याजमा छुट दिने भएको छ । संस्थाले कोभिड–१९ महामारीको दोश्रो लहरको कारण सदस्यहरुको व्यापारव्यवसाय सञ्चालन गर्न कठिन भएकोले त्यसलाई मध्यनजर गरी संस्थाले ऋणको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

विषम परिस्थितिका कारण सबै प्रकारका उद्योग व्यवसायहरु सुचारु हुन नसकि प्रभावित भएकोले सदस्यहरुको हितलाई ध्यानमा राख्दै ऋणी सदस्यहरुलाइ जेठ र असार महिनाको व्याजमा १५ प्रतिशत छुट दिने भएको हो ।

ब्याज छुट लिनको लागि ऋणीले असार मसान्त भित्र रकम भुक्तानी गरीसक्नु पर्ने छ । साथै संस्थाले असार मसान्त भित्र रकम भुक्तानी गरीसक्ने सदस्यहरुलाई हर्जाना पुरै छुट हुने जनाएको छ । संस्थाले आषाढ मसान्त भित्र वुझाउनुपर्ने रकम चुक्ता गरी छुट सुविधा प्राप्त गर्न ऋणी सदस्यहरुलाई आग्रह गरेको छ ।



Leave a comment