काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवाको सुरुवात गरेको छ ।
अब नचुरल साकोसमा सदस्यहरुले मोबाईल बैंकिङबाटै मुलुक भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।
संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको जनाएको छ । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले जानकारी दिए ।
यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ । नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने जनाएको छ ।
Leave a comment