प्रोवेसन मूल्याङ्कन हचुवाको भरमा नगरौँ

प्रोवेसन मूल्याङ्कन हचुवाको भरमा नगरौँ :: Sahakari Akhabar

निर्दिष्ट Format मा पुरै विवरण भरी प्रस्तुति समेत गर्न नसक्ने संस्था Probation उत्तीर्ण गराउनुले यस कार्यक्रम एउटा हाउगुजी हो, केही व्यक्तिलाई जागिर खुवाउने बाटो हो । 

भोला प्रसाद गौतम, अध्यक्ष, सगरमाथा साकोस, निजगढ, बारा

यो संस्था २०५७ कात्तिक २४ गते डिभिजन सहकारी कार्यालय कलैया बारामा दर्ता भई (दर्ता नंं (१२३/०५७/०५८) सहकारी ऐन तथा संस्थाको स्वीकृत विनियम अनुसार सदस्य केन्द्रित भई सञ्चालित संस्था हो ।

संस्था २०७१ भदौ १० मा नेफ्स्कूनद्धारा प्रवद्र्धित “पूर्ण तथा व्यावसायिक साकोस विकास” कार्यक्रममा सहभागी भयो । त्यसको लगत्तै ठुलो भूकम्प र मधेस आन्दोलन जस्ता घटनाले Probation कार्यक्रमले गति लिन सकेन झन्डै ४ वर्षको अवधिमा जम्मा १२ वटा समीक्षा बैठक भए ।

यस अवधिमा बारा जिल्लाबाट यस संस्था सहित २ वटा संस्था २०७४ सालमा अन्तिम लेखा परीक्षणमा सहभागिता जनाएकोमा दुवै संस्था २–३ अङ्कले अनुत्तीर्ण घोषित गरियो ।

२०७५ सालमा मध्य तराई क्लष्टर अन्तर्गत सहभागी १० वटा साकोसहरु मध्ये यस संस्था सहित ६ वटा संस्थाले Final audit गराएकोमा अन्तिममा समीक्षा बैठकसम्म आइपुग्दा सम्म राम्रो भनिएको संस्था Final auditor  द्धोय सचिन भट्टराई (नेफ्स्कून प्रतिनिधि) र के.वि. लामा (विभाग प्रतिनिधि) को टिमले आफ्नो कार्य के कसरी पुरा गर्नुभयो ।

सो को नतिजाको सार्वजनिकरण भएपछि मेरो नेफ्स्कून प्रतिको धारणामा परिवर्तन आएको छ । त्यो नतिजाको सूचना सञ्जय तिमिल्सेना ज्यूको फेसबुकबाट प्राप्त गर्नासाथ मलाई जन्म दिएर आज यस अवस्थामा पुर्‍याउनु हुने मेरी श्रद्धेय आमाको स्वर्गवास हुँदा म जति दुःखित भई रोए, त्यसको १० गुणा मेरो मनमा चोट पर्‍यो ।

मेरा आँखाबाट सहस्र धारा आँसु आए । अनि नेफ्स्कूनले २०७४ पुस ७ मा दिएको “प्रदेश स्तरीय उत्कृष्ट सहकारी संस्था” सम्मान, १२ वटा समीक्षा बैठक अवधिमा ५ पटक फेरिएका प्रशिक्षक ज्यूहरूको ढाडस ।

बाराको जिल्ला बचत सङ्घको स्थापना देखि नेपालका ७५३ वटा स्थानीय तह मध्ये सबैभन्दा पहिला पूर्ण रूपले नेफ्स्कूनमा पहुँच पुगेको प्रथम स्थानीय तह (निजगढ नगरपालिका) घोषणा कार्यक्रम ।

तपाईँहरूको सबै कुरा ठिक ठाक तर व्यवस्थापकको क्षमता विकास गराउनु पर्ने, कार्यालयको आन्तरिक साज सज्जा (Furnishing) परिवर्तन गर्नुपर्ने र बचतमा थप वृद्धि गर्नुपर्ने जस्ता ३ कुरामा प्रशिक्षक ज्यूले सुझाउनु भएकोमा ती कुरा पुरा हुँदा पनि हचुवाको मूल्याङ्कन गरी Probation प्रति नकरात्मकता सृजना गराएको छ ।

Probation कार्यक्रममा सहभागिता पश्चात् यस संस्थाले केही नीति निर्देशिका र कार्यविधि तर्जुमा गर्न नमुना उपलब्ध गराइदिएको मात्र छ भने शुल्क तिर्दा पनि समय समयमा Onsite visit नगरी दिने, हतारमा Supervision गर्ने, काम भन्दा थर्काउने कार्यले काममा अलमल तथा सदस्यहरू सँग सञ्चालकको सम्बन्ध प्रगाढ हुनुपर्नेमा दुरी बढ्ने ।

नीति नियम कुनै योजना ल्याउदा तल्लो तहको मर्म, चाहना र भावनालाई नबुझी ल्याउँदा त्यसले कति सार्थकता पाउला यस तर्फ सोच्नु पर्ने बेला आइसकेको छ । आज झन्डै १६ हजार प्रारम्भिक साकोसमा ३८ सय लगभग साकोस मात्र नेफ्स्कूनमा आबद्ध छन् किन ?

नेफ्स्कूनको नीतिमा कूल सम्पत्तिको २० प्रतिशत सम्म कर्जा लिन पाउने तर त्यही नेफ्स्कूनद्धारा प्रवद्र्धित Probation मा ५ प्रतिशत भन्दा बढी बाह्य ऋण लिनु नहुने जस्ता द्विविधा जनक नीतिले अलि अन्यौलता थपिएको छ ।

साथै कर्जा नवीकरण गर्नु नहुने भनी ४०–५० प्रतिशत सम्म भाखा नाघेका किस्ता नबाँधिएका ऋण प्रवाह गर्ने, समीक्षा बैठकमा निर्दिष्ट Format मा पुरै विवरण भरी प्रस्तुति समेत गर्न नसक्ने संस्था Probation उत्तीर्ण गराउनुले यस कार्यक्रम एउटा हाउगुजी हो, केही व्यक्तिलाई जागिर खुवाउने बाटो हो । 

नेफ्स्कून सञ्चालक ज्यूहरू जसरी पदमा पुग्न दक्षता र क्षमता नहेरी राजनीति भागबन्डा लगाउनु हुन्छ त्यसरी नै अहिले नेफ्स्कून बिना मियोको दाँइ झैँ चलिरहेको भान भएको छ ।

नीति नियम कुनै योजना ल्याउदा तल्लो तहको मर्म, चाहना र भावनालाई नबुझी ल्याउँदा त्यसले कति सार्थकता पाउला यस तर्फ सोच्नु पर्ने बेला आइसकेको छ । आज झन्डै १६ हजार प्रारम्भिक साकोसमा ३८ सय लगभग साकोस मात्र नेफ्स्कूनमा आबद्ध छन् किन ?




Leave a comment