बाणगङ्गा नगरपालिकाका ६ वटा संस्था एकिकरण

बाणगङ्गा नगरपालिकाका ६ वटा संस्था एकिकरण :: Sahakari Akhabar

कपिलबस्तु । बाणगङ्गा नगरपालिकाका विभिन्न प्रकृतिका ६ वटा सहकारी संस्था एकिकरण भएका छन् । बाणगङ्गा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले एकिकरण पछि प्रमाण पत्र दिएका छन् ।

नगरका कृषि बहुउद्देश्यीय सहकारी, श्री अभियान कृषि सहकारी, सिनर्जी बचत तथा ऋण सहकारी, घरघरमा बचत तथा ऋण सहकारी, उज्ज्वल महिला कृषि सहकारी र बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था एकिकरण भएका छन् ।

एकिकरण प्रमाण पत्र बितरणमा नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, सहकारी संस्था एकिकरण संयोजक लक्ष्मण बेल्वासे लगायत बाणगङ्गा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एकिकरण पश्चात संस्थाको नाम सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ ।



Leave a comment