शुभप्रवा साकोस १२औं वर्षमा प्रवेश, शेयर पुँजी ७ करोड ३१ लाख

शुभप्रवा साकोस १२औं वर्षमा प्रवेश, शेयर पुँजी ७ करोड ३१ लाख :: Sahakari Akhabar

काठमाण्डौ । शुभप्रवा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आज (१६ गते) बाट स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले ११ वर्षको अवधिमा शेयर सदस्य, शेयर पुँजी, बचत संकलन, ऋण लगानी र संस्थागत पुँजी निर्माणमा उल्लेख्य प्रगति गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले बताए ।

संस्थाप्रति सदस्यहरुले गरेको विश्वास, सञ्चालक समिति, ऋण उपसमिति लगायत अन्य उपसमितिहरु र कर्मठ कर्मचारीहरुको प्रयासले संस्थाले एक दशकको अवधिमा यसप्रकारको उपलब्धी हासिल गर्न सकेको खड्काले बताए ।

संस्थामा १२ हजारभन्दा बढि सदस्य ८० करोडको कुल वासलात रहेको उनले जानकारी दिए । संस्थाको आफ्नै भवन निर्माणको लागि चाबहिलमा जग्गा खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको बताए ।

संस्थाको शेयरपुँजी ७ करोड ३१ लाख, बचत ५९ करोड र जगेडा तथा अन्य कोषमा ४ करोड ६२ लाख पुगेको छ । संस्थाको मेरुदण्ड भनेकै संस्थागत पुँजी भएको र यसलाई क्रमशः वृद्ध गरेर संस्थालाई दिगो एवं विश्वसनीय बनाउनतर्फ आफुहरु लागि परेको उनले जनाए ।

संस्थाले मुख्य कार्यालय चाबहिल र सदस्य सेवा केन्द्र न्यूरोडबाट सदस्यहरुर्ला प्रविधिमैत्री सेवा दिने क्रममा शुभप्रवा मोबाइल बैंकिङ, एटिएम र क्यूआरकोड सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले प्रदान गर्ने सेवलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता उनले जनाए ।

निषेधाज्ञा अवधिका बीचमा पनि सदस्यहरुलाई घरदैलो तथा नियमित कार्यालय सञ्चालन गरी सेवा दिएकाले संस्थाको बचत संकलन र शेयरपुँजीमा वृद्धि हुँदै गएको छ ।

निषेधाज्ञाका कारण सदस्यहरुको ब्यापार व्यवसाय ठप्प भएको हुँदा ऋण असुलीमा भने केहि अप्ठेरो परेकोले सदस्यहरुलाई केहि सहुलियत दिन सकिन्छ भनेर सञ्चालकहरुको बीचमा छलफल भइरहेको खड्काले जानकारी दिए ।



Leave a comment