भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको आफ्नै भवन तयार भएको छ । आगामी शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघ सुर्यविनायक नगरपालिका, वडा नं. ८ ईतबुँस्थित नवनिर्मित भवनमा सर्ने संघका व्यवस्थापक बालकृष्ण धोजुले जानकारी दिए ।
उनका अनुसार ३ आना २ पैसा २ दाम क्षेत्रफल रहेको जग्गामा साढे ३ तल्ले भवन निर्माण भएको हो । भवनमा २ वटा सटर सहित करिब ४० जना अटाउने तालिम कोठा, बैठक कक्ष, कार्यालय प्रयोजनका लागि कोठाहरु रहेको छ ।
संघले करिब ३ वर्ष अघि जग्गा किनेको थियो । सबै कोठाहरु संघका लागि नै प्रयोग गरिने छ । भवन निर्माणको अनुमानित रकम ९३ लाख भएपनि त्यो भन्दा कममै निर्माण सम्पन्न भएको धोजुले बताए । संघले आफ्नै स्रोतमा भवन निर्माण समेत सम्पन्न गरेको बताए ।
संघका पूर्व अध्यक्ष राधेश्याम सुवालले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जग्गा खरिददेखि भवन निर्माणसम्म संघका १ सय १८ वटा संस्थाहरुले ५ हजार रुपैयाँका दरले सहयोग पु¥याएको उनले जनाए । अन्य २५ वटा संस्थाहरुले २५ देखि ५० हजारका दरले भवन निर्माण कार्यमा सहयोग गरेका हुन् ।
Leave a comment