सुयोग्य साकोसले व्याजमा १० प्रतिशत छुट दिने

सुयोग्य साकोसले व्याजमा १० प्रतिशत छुट दिने :: Sahakari Akhabar

काठमाडौँ । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि व्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

संस्थाले कोभिड–१९ महामारीको दोश्रो लहरको संक्रमण बाट बच्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सदस्यहरुको व्यापारव्यवसाय सञ्चालन गर्न कठिन भएकोले त्यसलाई मध्यनजर गरी संस्थाले छुट सुविधा ल्याएको हो ।

विषम परिस्थितिका कारण सबै प्रकारका उद्योग व्यवसायहरु सुचारु हुन नसकि प्रभावित भएकोले सदस्यहरुको हितलाई ध्यानमा राख्दै ऋणी सदस्यहरुलाई निषेधाज्ञा जारी भएको दिन वैशाख १६ गतेदेखि आषाढ १५ गतेसम्ममा बुझाउनुपर्ने ऋणको सावाको व्याजमा १० प्रतिशत छुट दिने भएको हो ।

साथै सो अवधिभरको सम्पूर्ण हर्जाना मिनाहा गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक खड्ग प्रसाद सुब्बाले जनाए । आषाढ १५ गतेभित्र वुझाउनुपर्ने रकम चुक्ता गरी छुट सुविधा प्राप्त गर्न ऋणी सदस्यहरुलाई उनले आग्रह गरे ।



Leave a comment