विराटनगर महानगरपालिकाकाे बजेट सार्वजनीक, सहकारीलाई डिजीटाईजेसन गर्ने

विराटनगर महानगरपालिकाकाे बजेट सार्वजनीक, सहकारीलाई डिजीटाईजेसन गर्ने :: Sahakari Akhabar

- सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने

- एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने छ

 

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाले विहिबार ४ अर्व १० करोड ३ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ।

संघिय र प्रदेश सरकारकले बजेट ल्याईसकेपछि स्थानिय तहले असार १० भित्र निति तथा बजेट ल्याउनुपर्ने प्रावधान छ । महानगरले ल्याएको निति तथा बजेटमा विधुतिय शासन मार्फ सुशासन कायम गर्न सम्पूर्ण सहकारीहरुलाई डिजीटाईजेसन गर्ने भएको छ।

सहकारी संस्थाहरुको नियमित र सघन अनुगमन गरी संस्थागत सुशासन कायम गरिने र सहकारीको माध्यमबाट रोजगारी सिर्जना, गरिवी न्युनिकरण र सामुदायिक सशक्तिकरण गरिने निति तथा बजेटमा उल्लेख छ ।

पादर्शिता, प्रभावकारीता र जोखिम् न्युनिकरण गर्दै सहकरीलाई समृद्धिको साधन बनाईने भएको छ  । समुदाय र सदस्यप्रति थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न कार्यक्रम मार्फत सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरिने उल्लेख छ ।

सहकारीलाई गुणात्मक बनाउन सहकारी संस्थाहरुको एकीकरण कार्यलाई अगाडि बढाईने निति तथा बजेटमा जनाईएको छ।

सहकारी संस्थाहरु मार्फत गरिने कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगतको कार्यक्रम महानगरपालिकाको समन्वयमा सञ्चालन गरिने भएको छ ।

सहकारी संस्थाहरुको समष्टिगत एकिकृत विवरण तयार गनृका लागि सहकारी प्रोफाईल तयार गरिने उल्लेख छ र तर यो कार्यक्रम गत बर्ष पनि थियो । काम हुन भने सकेन ।

महानगरपालिकाबाट सहकारी संस्था र शेयर सदस्यको हितका लागि बनाईएका कानुन कार्यविधिहरुका बारेमा सुसुचित गराईने निति तथा बजेटमा उल्लेख गरिएको छ ।

सहकारी संघसंस्थाहरुमा वचतकर्ताहरले जम्मा गरेको रकमको सुरक्षाका लागि प्रभावकारी सुपरिवेक्षण गरि कार्वाही प्रक्रियालाई प्रभावकारी बनाइने भएको छ । एक परिवार एक सहकारी सदस्यको अवधारणालाई कार्यान्वयनमा ल्याईने उल्लेख छ ।




Leave a comment