ललितपुरका दुईवटा जिल्ला संघ एकिकरण 

ललितपुरका दुईवटा जिल्ला संघ एकिकरण  :: Sahakari Akhabar

ललितपुर । जिल्ला कृषि सहकारी संघ र जिल्ला च्याउ उत्पादन सहकारी संघ एकिकरण भएको छ । पहिलो पटक जिल्लास्तरीय संघबिच एकीकरण भएको हो ।

०७८ साल असार ६ गते बागमती प्रदेश सहकारी महाशाखाले दुइ संघको एकीकरण स्विकृती दिएका हुन् । एकिकरण पछि जिल्ला कृषि सहकारी संघ लिमिटेड, ललितपुरको नाममा एकीकृत संस्थाको दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।

बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष ओमदेवी मल्ललाई एकीकृत संस्थाको दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

‘नेपालको सहकारी ईतिहासमा जिल्ला बिषयगत सहकारी संघहरु एकिकरण भएको यो पहिलो पटक हो । यसरी बिषयगत संघहरु एकिकरण भई दिगो र दरिलो संघ निर्माण पक्रियाको थालनी भएकोले आगामी दिनमा अन्य संघहरु र प्रारम्भिक संस्थाहरु समेत एकिकरणमा जानको लागि प्रेरणा मिल्ने आशा गरिएको छ।

मल्लले भनिन् सहकारी अभियान र सरकारले समेत सहकारी संघ÷संस्थाको एकीकरणमा प्रोत्साहन गरिरहेको छ । एकीकरण अभियानलाई यसले थप बल पुग्ने विश्वास गरिएको छ ।

जिल्ला कृषि सकारी संघ २०६५ र जिल्ला च्याउ उत्पादन सहकारी संघ २०७१ मा दर्ता भएका थिए । २०७७ साल चैत्र ७ गते एकिकरण संझौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो ।

एकिकरण सम्झौता पत्रमा जिल्ला कृषि सहकारी संघ ललितपुरका अध्यक्ष  मल्ल र च्याउ उत्पादक सहकारी संघका अध्यक्ष कमलराज दाहालले हस्ताक्षर गरेका थिए । एकिकरण पश्चात ओमदेबी मल्लको अध्यक्षतामा १३ सदस्यिय संचालक समिति गठन भएको छ ।

नव गठित संचालक समितिको उपाध्यक्षमा दिल नापित,महिला उपाध्यक्षमा ईन्द्र कुमारी थापा, सचिवमा पुरुषोत्तम हुमागाँई, कोषाध्यक्षमा चित्रराज तिमल्सिना, संचालकहरु कमलराज दाहाल, लक्ष्मी कार्की, कृष्ण प्रसाद संजेल, काशीनाथ सापकोटा, ज्ञान बहादुर लो, गंगालाल डंगोल, शरद रानामगर र रमेश दाहाल रहेका छन् ।

त्यसै गरि बद्रि प्रसाद घिमिरेको संयोजकत्वमा सदस्य उमा पौडेल र प्रेम प्रसाद घिमिरे रहने गरि ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ ।




Leave a comment