काठमाडौं । प्युखा, न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई सहयोग गरेको छ ।
संस्थाले असार १ गते मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा घरबास गुमाएर विस्थापित भएका परिवारलाई निर्माण सामाग्री र खाद्य सामाग्री वितरण गरेको हो ।
बाढी पहिरोबाट विस्थापित एवं पीडित परिवारलाई आवास निर्माण गर्नका लागि संस्थाले १५ बण्डल जस्ता पाता र २० थान त्रिपाल प्रदान गरेको संस्थाका अध्यक्ष नरेन्द्र विष्टले जानकारी दिए ।
संस्थाले बाढी पीडितलाई १५ बोरा चिउरा, १ बोरा दालमोठ, २० कार्टुन चाउचाउ लगायतका खाद्य सामग्री समेत वितरण गरेको अध्यक्ष विष्ट जानकारी दिए ।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बाढी पीडितलाई सहयोग गरेको हो । संस्थाले हेलम्बु गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राज कुमार लामिछानेलाई राहत हस्तान्तरण गरेको थियो ।
Leave a comment