मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने

मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । मेगाड्रिम बहुउद्देश्यीय सहकारीले भोलिबाट पूर्ववत् सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी भोलीदेखि नियमित सेवा संचलन गर्ने जनाएको छ ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले बैक, वित्तीय संस्था, सहकारी, बीमा तथा रेमिट्यान्स कम्पनीहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी नियमितरुपमा सञ्चालन गर्न भनेकाले संस्थाले सोही अनुरुप कार्यालय सञ्चालन गर्न लागेको प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले जनाए ।

संस्थाको मुख्य कार्यालय सहित सबै सेवा केन्द्र आइतबारदेखि बिहीबारसम्म बिहान १०ः ३० बजेदेखि दिउँसो २ः३० सम्म र शुक्रबार १०ः३० देखि १ः ०० बजेसम्म सञ्चालन गर्ने निर्णय भएको उनले जनाए ।

संस्थाले कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र महामारीको अवस्था कायमै रहेकाले कार्यालयमा हुने भीडभाड कम गर्न तथा सम्भव भएसम्म मेगाड्रिम मोबाइल एममार्फत कारोबार गर्न समेत सदस्यहरुलाई आग्रह गरेको छ ।

निषेधाज्ञा खुकुलो बनाएको र सहकारी संस्थाहरुलाई नियमित कारोबार सञ्चालनको अनुमति दिएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कार्यालय नियमितरुपमा सुचारु गर्ने संस्थाले जनाएको छ ।



Leave a comment