धमाधम खुल्नथाले मोरङका सहकारी

धमाधम खुल्नथाले मोरङका सहकारी :: Sahakari Akhabar

चीना थापा, विराटनगर । कोरोनाका कारण लगभग डेढ महिना बन्द भएका मोरङका अधिकांस सहकारीहरु विस्तारै खुल्न थालेका छन् । निषेज्ञा केही खुकुलो हुँदै गएको गएपछि सहकारीहरुले कार्यालयबाट सेवा दिन थालेका छन् ।

जिल्लामा निषेज्ञा खुकुलो हुँदै गए पछि विराटनगरको सौर्य बचत तथा ऋण सहकारी संस्थाले विगत हप्तादेखि नै कार्यालयबाट नै सदस्यहरुलाई सेवा दिईरहेको छ । विराटनगरका केहीले मात्र कार्यालय खोलेका छैनन् ।

विराटनगर बाहिरका अधिकांश सहकारीले कार्यालय खोलेर सेवा दिन थालेका छन् । सदस्यहरुलाई ऋण दिँदा देखि बचत लगायतका सेवा हरेक दिन दिनुपर्ने भएकाले घरबाट तथा व्यक्तिबाट अलि गाह्रो हुने भएकाले कार्यालयबाट नै सेवा दिन थालेको सहकारी सञ्चालकहरुले बताएका छन् ।

कोभिड १९ को महामारीले पहिलो चरणमा विभिन्न समस्या बेहोरेको सहकारी क्षेत्रले दोस्रो लहरमा पनि निकै समस्याको सामाना गर्नुपरेको छ । 
कोभिड १९ को दोस्रो लहरमा मोरङले सहकारी अभियान्ता गुमाउनु परेको छ । विराटनगरमा रहेको इश्वर बचत तथा ऋण सहकारीले सञ्चालक समितिका अध्यक्ष गुमाएको छ । सहकारीका अध्यक्ष विरेन्द्र कुमार धाडेवाको कोभिडकै कारण गत जेठमा मृत्यु भएको थियो।

त्यसैगरी कृपा लक्ष्मि बचत तथा ऋण सहकारी विराटनगरले पनि कोभिड कै कारण सञ्चालक समिति सदस्य गुमाएको छ । जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलका अनुसार कोभिड १९ को दोस्रो लहरमा सहकारी क्षेत्रले धेरै जना सहकारी अभियान्ता गुमाएको छ ।

पहिलो लहरकाे कोभिड १९ मा त्यति मानविय क्षेति व्यहोर्नु नपरेको सहकारी क्षेत्रले दोस्रोमा बढी मानविय क्षेति बेहोर्नु परेको छ । दोस्रो कोभिड महामारीबाट सहकारी क्षेत्रले २५ जना भन्दा बढी सहकारीसँग आबद्ध व्यक्तिहरु गुमाउनुपरेको अध्यक्ष पोखरेलले बताए । सहकारीमा आवद्ध सदस्यहरु अझ धेरै गुमाएको छ । यसले गर्दा सहकारी अभियानलाई धेरै असर परेको पोखरेलको भनाई छ ।



Leave a comment