ज्योतिपुञ्ज सहकारीले पूर्ण समय सेवा दिने 

ज्योतिपुञ्ज सहकारीले पूर्ण समय सेवा दिने  :: Sahakari Akhabar

काठमाडौ । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले असार ८ गतेदेखि पूर्ण समय सेवा दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएपनि निषेधाज्ञा खुकुलो भएकोले संस्थाले सेवालाई पूर्ववत गर्ने जनाएको हो।

उपत्यकाका जिल्ला प्रशासनको आइतबार साँझ बसेको बैठकले आगामी असार १४ गते सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको थियो।

निषेधाज्ञामा सहकारी संस्थाहरुले पूर्ण रुपमा सेवा दिन पाउने भएपछि संस्थाले सिमित जनशक्ती र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मुख्य कार्यालय तथा सवै सेवाकेन्द्र खुल्ने जनाएको छ ।

सरकारले भिडभाड कम हुने गरी आलो पालो प्रणालीमा सहकारी संस्था तथा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले सेवा दिन पाउने निर्णय गरेको थियो ।



Leave a comment