काठमाडौं । टंकेश्वर कालिमाटीमा रहको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ ।
संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिने निणर्य गरेको हो ।
संस्थाले सूचना प्रकाशन गरी असार १५ गते भित्र असार मसान्त सम्मको ब्याज चुक्ता गरेमा १५ प्रतिशत सम्म छुट दिने उल्लेख छ ।
त्यसैगरी असार २८ गते सम्ममा ब्याज चुक्ता गरेमा लागेको ब्याजमा १० प्रतिशत सम्म छुट हुने उल्लेख छ । साथै नविकरण शुल्क शुन्य दशमलव ५ प्रतिशत मात्र लाग्ने जनाइएको छ ।
Leave a comment