ललितपुर । जिल्लामा संचालित सहकारी संघ/संस्थालाइ एक दिन कार्यालय बन्द गर्न जिल्लाका संघहरुले संयुक्त अपलि जारी गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष एवं सहकारी अभियन्ता राजेशहरि जोशीको सम्मानमा सहकारी बन्द गर्न भनेका हुन् ।
जिल्ला स्थित नेशनल डेभलपमेन्ट को–अपरेटिभ सोसाईटी लिमिटेडका कार्यकारी अध्यक्ष समेत रहे जोशीको जेठ ३० गते निधन भएको थियो ।
जोशीले जिल्लाको सहकारी अभियानमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सहकारीका जिल्ला स्तरीय छाता संगठनहरुले कार्यालय बन्द गर्न अपिल गरेका हुन् ।
अपिलमा जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, जिल्ला बहुउद्देश्यीय संघ, जिल्ला चिया उत्पादक सहकारी संघ, जिल्ला दुध उत्पादक सहकारी संघ, जिल्ला सूचना तथा सञ्चार सहकारी संघ, जिल्ला पर्यटन सहकारी संघ, जिल्ला जडिबुटी संघ र जिल्ला कृषि सहकारी संघ ललितपुरले संयुक्त हस्ताक्षर गरेका छन् ।
स्वर्गीय जोशी जिल्ला सहकारी संघका साथै जिल्ला बहुउद्देश्यीय सहकारी संघका सल्लाहकार र बचत तथा ऋण सहकारी संघका पूर्व सल्लाहकार थिए । जोशी गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाका उपाध्यक्ष पनि रहेका थिए ।
Leave a comment