बिन्धवासिनीले ८.५ प्रतिशत ब्याजमा १ लाखसम्म ऋण दिने

बिन्धवासिनीले ८.५ प्रतिशत ब्याजमा १ लाखसम्म ऋण दिने :: Sahakari Akhabar

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष सहुलियत तथा छुट सुविधा दिनेभएको छ ।

संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी पाँच प्रकारका सेवासुविधा दिन लागेको हो ।

सदस्य सहुलियत अन्तर्गत जेठ १ गते देखि असार मसान्तसम्म हर्जाना ब्याज छुट, जेठ र असारभरको व्याज असार २५ गते सम्म बुझाएमा व्याजमा १० प्रतिशत छुट दिइने  संस्थाका व्यवस्थापन प्रमुख के.बी. लामा स्याङ्तानले बताए ।

त्यसैगरी सदस्यहरुलाई अधिकतम १ लाख रुपैयासम्म ८.५ प्रतिशत व्याजदरमा संस्थाले कर्जा प्रवाह गर्ने भएको छ ।

संस्थाले एक परिवारका एक जना सदस्यलाई ६ महिनाका लागि सहुलियत ब्याजदरमा  खाद्यान्न खरिद, औषधि उपचार, मल तथा बिउविजन खरिद जस्ता कार्यका लागि यो कर्जा सुविधा दिइएको उनले बताए ।

त्यसैगरी कोभिड–१९ बाट संक्रमित भई अस्पतालमा उपचार गराउने सदस्यलाई संस्थाले हालको स्वास्थ्य उपचार राहत व्यवस्थामा ५० प्रतिशत थप गरेर उपलब्ध गराउने र कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका वा घरबाट अस्पतालसम्म आवतजावत गर्नुपर्ने सदस्यका लागि निःशुल्क अक्सिजन उपलब्ध गराइने उनले जनाए ।

संस्थाले विगतमा स्थानीय प्रशासन र पालिकाहरुबाट गरिएको आदेशानुसार सदस्यहरुलाई सम्पर्कको आधारमा सेवा प्रदान गर्दै आइरहेको थीयाे ।

जिल्ला प्रशासनको नयाँ व्यवस्था अनुसार मुख्य कार्यालयसहित सबै सेवा केन्द्र आइतबार र बिहीबार बिहान १०  देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने जनाएको छ । सो अवधिमा सदस्यहरुले पायक पर्ने केन्द्रबाट सेवा लिन समेत मुख्य ब्यवस्थापक लामाले अपील गरेका छन् ।
 



Leave a comment