अग्नि पीडित सदस्यलाई पूर्व नेपाल सहकारीको सहयोग

अग्नि पीडित सदस्यलाई पूर्व नेपाल सहकारीको सहयोग :: Sahakari Akhabar

झापा । पूर्व नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले अग्नि पीडित सदस्यको परिवारलाई सहयोग गरेको छ । जेष्ठ १० गते राती शिवसताक्षी नगरपालिका २ मंगलवारेमा आगलागीका कारण घरबार विहीन भएकी राई परिवारलाई संस्थाले सहयोग गरेको हो ।

संस्थाकाकी सदस्य चन्द्रकला राईलाई खाद्यन्य, लत्ताकपडा, एकथान सिलाई मेसिन र व्यवसायस सञ्चालन गर्न २५ हजार रकम सापटी दिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेमा राईले सिलाईबुनाई सिलाई कटिङ्ग सञ्चालन गर्दै आएकी थिइन् । आगलागीका कारण सबै नष्ट भएपछि जिविको पार्जनका लागि पुनः व्यवसायमा फर्किन सहयोग गरिएको संस्थाका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए ।

आगलागीबाट आफुले लामो समय मेहेनत गरेर कमाएको सम्पत्ती सबै नष्ट भयो चन्द्रकला राईले भनिन् । उनका अनुसार यही व्यवसायबाट जोडेको घर अन्य सम्पूर्ण सम्पति ३६ लाख रुपैया बरावरको क्षति भएको छ ।




Leave a comment