झापा । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।
संघले मंगलबार मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल तीन÷तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेको हो ।
सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री संघले केही दिन अघि हस्तान्तरण गरेको पनि जानकारी दिए ।
Leave a comment