सिम्रिक साकोसद्धारा सदस्यलाई राहत प्रदान

सिम्रिक साकोसद्धारा सदस्यलाई राहत प्रदान :: Sahakari Akhabar

झापा । सिम्रिक बचत तथा ऋण सहकारीले सदस्यको उपचार तथा सुत्केरी खर्च बापत २८ हजार १४५ सदस्यहरुलाई सहयोग गरेको छ ।

संस्थाले सदस्य सुस्मिता चापागाईंलाई पाठेघरको अप्रेसन बापत ९ हजार, धनमाया राईलाई मृत्यु संस्कार खर्च बापत ५ हजार, रीता राईलाई उपचार खर्च बापत ७ हजार ४५०,  धनराज विश्वकर्मालाई बुहारीको पाठेघर अप्रेसन सहयोग बापत ५ हजार ६९५ सहयोग गरेको छ ।

त्यसैगरी कमाया राईलाई सुत्केरी सुबिधा बापत ५ हजार, रामचन्द्र खनाललाई बुहारी सुत्केरी सुबिधा बापत ५ हजार प्रदान गरेको छ । सेवाकेन्द्र प्रमुख ध्रुवकुमार दवाडीले उक्त सहयोग रकम प्रदान गरेका थिए ।




Leave a comment