भक्तपुुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकालाई तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि आईसोलेसन केन्द्र र एचडियु सञ्चालनको लागि अक्सिजन प्लान्ट तथा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उक्त रकम जम्मा सहयोग हो ।
संस्थाले गरेको आर्थिक सहयोगलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ । त्यसैगरी संस्थाले भक्तपुर सडकमा सिसिटिभी जडानकालागि प्रशासनलाई आर्थिक सहियोग गरेको छ ।
संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला प्रशासनको सिसिटिभी समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
Leave a comment