जिल्ला बचत संघको स्वउत्प्रेरणा कार्यक्रम सम्पन्न

जिल्ला बचत संघको स्वउत्प्रेरणा कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्यहरुलाई स्वउत्प्रेरणा सम्बन्धी अनलाइन कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै कोरोनाका कारण बढ्दो निराशा, पीडा र तनावमा रहेको जनजीवनमा स्वउत्प्रेरित भई उच्च मनोबलका साथ जनजीवनलाई अगाडि बढाउन सहज होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञामा सहकारीलाई सम्बोधन नगरि उपेक्षा गरे पनि समुदायिक सहकारीले स्वास्थ्य मापदण्ड पालना गरि बैकल्पिक उपायद्वारा निरन्तर सेवा दिइरहेको उनले उल्लेख गरे ।

सहकारी संस्थाले बचत र ऋण दिने मात्र काम नगरी विपत् मा सामाजिक दायित्व अन्र्तगत भूमिका निभाइरहेको उदाहरण ख्वपः अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा स्वास्थ्य सामग्री खरिदका लागि संघमा आवद्ध सदस्य संस्थाहरुले ७५ लाख भन्दा बढी सहयोग भइसकेको अझ सहयोगको क्रम जारी रहेको कुरा बताए ।

कार्यक्रमका प्रस्तोता विकास देव योन्जन तामाङले प्रस्तुतिमा समय परिर्वतनशील रहेकोले एक दिन कोरोनाले पनि हार खाने भन्दै सो दिनका लागि सबै सजग भइ जिउन आवश्यक भएको बताए । जीवन छ त सुखदुःख हुन्छ, नाफा घाटाका कुरा हुन्छ । तसर्थ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने, जिवनलाई बदल्न संगत बदल्नुपर्छ ।

सधैं लिने सोच भन्दा दिने सोचको विकास गर्नुपर्छ भन्ने जीवन उपयोगी र व्यवहारिक कुराहरु बताए । संघका व्यवस्थापक बालकृष्ण धोजुले स्वागत गर्दै कोरोना कहरमा मानसिक तनावमा रहेको अवस्थामा स्वउत्प्रेरणा कार्यक्रमले स्वउत्प्रेरित हुने विचार राखे । सो कार्यक्रममा ८४ जनाको सहभागिता रहेको थियो ।



Leave a comment