मिलिजुली कालिञ्चोक साकोसका सदस्यले ब्याजमा १५ प्रतिशतसम्म छुट पाउने 

मिलिजुली कालिञ्चोक साकोसका सदस्यले ब्याजमा १५ प्रतिशतसम्म छुट पाउने  :: Sahakari Akhabar

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ का कारण सदस्यहरुको व्यापारव्यवसाय ठप्प भएकाले ऋणी सदस्यलाई व्याजमा विशेष छुटको व्यवस्था गरेको छ ।

संस्थाले सूचना जारी गरी ऋणी सदस्यहरुका लागि विभिन्न छुटको व्यवस्था भएको जनाएको हो । सदस्यहरुले ऋणको ब्याजमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

तिर्न बाँकी ब्याज आगामी असार १० गते भित्र बुझाएमा २०७८ बैशाख २३ गते पछिको ब्याजमा १५ प्रतिशत ब्याज दिने संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जनाएका छन् ।

त्यसैगरी तिर्नबाँकी ब्याज २०७८ असार २० गतेसम्म बुझाएमा बैशाख २३ गतेपछिको ब्याजमा १२ प्रतिशत छुट र असार मसान्त भित्र बुझाएमा लकडाउन अवधिभरको ब्याजमा १० प्रतिशत छुट संस्थाले दिने भएको छ ।

संस्थाले यस अवधिभरका लागि हर्जानामा सत्प्रतिशत छुट दिने भएको छ । त्यसैगरी संस्थाले असार महिनाभरका लागि मासिक बचत, दैनिक र बाल बचतमा दिँदै आएको ब्याजमा १ प्रतिशत थप गर्ने भएको छ ।

संस्थाले हाललाई आइतबार र बिहीबार बिहान ९ बजेसम्म संस्थाको कार्यालय खुल्ला रहने जनाएको छ । अत्यावश्यक कार्यकालागि तोकिएका सम्पर्क व्यक्तिहरुबाट सेवा लिन संस्थाले अपील गरेको छ ।



Leave a comment