काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई संस्थाले प्रदान गरेको रोयल स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।
संस्थाले सूचना प्रकाशन गरी कोरोना संक्रमणका कारण सरकारले गरेको निषेधाज्ञामा सदस्यको सहजताकालागि संस्थाको स्मार्ट बैंकिङ सेवा प्रयोग गरी सेवा लिन अनुरोध गरेको हो ।
उक्त सेवामा फण्ड ट्रान्सफर, मोबाइल टपअफ, इन्टरनेट बिल पेमेण्ट, टेलिभिजन रिचार्ज पेमेण्ट, युटिलिटी पेमेण्ट र वालेट पेमेण्ट सेवा रहेको जनाइएको छ ।
साथै संस्थाले मुख्य कार्यालय बिहान १० बजे देखि दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको छ । उक्त समयमा सदस्यले सुरक्षित रहेर बचत फिर्ता, बचत जम्मा, कर्जा भुक्तानी तथा रेमिटेन्स सेवा पाउन सकिने जनाएको छ ।
Leave a comment