आइडियल यमुना सहकारीले सातामा तीन दिन सेवा दिने

आइडियल यमुना सहकारीले सातामा तीन दिन सेवा दिने :: Sahakari Akhabar

काठमाण्डौ । सुकेधारामा केन्द्रीय कार्यालय रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले हप्ताको तीन दिन कार्यालय खोलेर सेवा दिने भएको छ ।

संस्थाले सूचना प्रकाशन गरी साताको आइतवार, बुधवार र शुक्रवार कार्यालय खोलि सदस्यहरुलाई सेवा दिने जनाएको छ । संस्थाले सूचना प्रकाशित गरि विहान १० बजे देखि दिउसो १ बजे सम्म सदस्यहरुलाई सेवा दिने जनाएको हो ।

कोभिड १९ को दोस्रो लहर तिब्र गतिमा फैलिरहेको अवस्थामा पनि संस्थाको सदस्यहरुमाथीको उत्तरदायित्व र नेपाल सरकारको निषेधाज्ञको पालना गरि संस्थाका कर्मचारीहरुवाट सुरक्षा मापदण्डको पालना गर्दै सेवा दिने सूचनामा भनिएको छ ।

संस्थामा रहेको बचत रकम झिक्न, ऋणको साँवा, ब्याज भुक्तानि गर्न, आवधिक बचत नविकरण गर्ने लगाएतका काम गर्नका लागि सदस्यहरुले स्वास्थ्य मापदण्ड पालना गरि स्वंम उपस्थित हुन र उपस्थित हुन नसके संस्थाका कर्मचारीहरु सँगको समन्वयमा कारोवार गर्नु हुन समेत आग्रह गरेको छ ।



Leave a comment