आवास साकोसद्धारा सदस्यहरुका लागि पोष्ट कोभिड केयर सञ्चालनमा

आवास साकोसद्धारा सदस्यहरुका लागि पोष्ट कोभिड केयर सञ्चालनमा :: Sahakari Akhabar

काभ्रे  । बनेपास्थित आवास बचत तथा ऋण सहकारीले बनेपा हेल्थ केयरसँगको सहकार्यमा आफ्ना सदस्यहरुका लागि पोष्ट कोभिड केयर सञ्चालनमा ल्याएको छ ।

कोभिड –१९ बाट संक्रमणमुक्त भइसकेपश्चात् स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गर्दै संस्थाले उक्त सेवा शुरु गरेको प्रमुख प्रबन्धक सुवास बैद्यले जानकारी दिए ।

कोभिड संक्रमणमुक्त भइसकेपश्चात् पनि आउन सक्ने फोक्सोमा समस्या, निन्द्रा नलाग्ने, छाति भारी हुने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, डिप्रेसन, रक्तचाप र थोरै हिँडडुल गर्दा पनि स्वाँस्वाँ हुने जस्ता समस्याहरु हुन्छन् ।

सम्झौता अनुसार पोष्ट कोभिड केयर प्याकेज सुगर, छातिको एक्सरे, इसीजी, कोभिड एन्टीबडी लगायतका १० वटा सुविधा रहेका छन् । सदस्यहरुले प्याकेजमा ती सुविधा लिन चाहे ४१०० रुपैयामा उपलब्ध हुने बैद्यले बताए ।

हाललाई यो सुविधा कोभिड बाट संक्रमणमुक्त भएकाहरुलाई रहेको र स्वास्थ्य जाँच गर्न जाँदा संस्थाको परिचयपत्र भने आवश्यक पर्नेछ ।



Leave a comment