सहकारी व्यवसायीक बन्नु पर्छ : उपाध्यक्ष पोखरेल 

सहकारी व्यवसायीक बन्नु पर्छ : उपाध्यक्ष पोखरेल  :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पाखरेलले सहकारी ब्यवसायीक बन्नु पर्ने बताए । उनले सहकारी विधि विधान, नीति नियम सम्वत् पादर्शी रुपमा चल्न सके मात्र अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार जिल्ला सहकारी संघ मोरङले आयोजना गरेको बार्षिक खाताबंदी र लेखा परिक्षणको तयारी सम्बन्धी प्रशिक्षणमा बोल्दै पोखरेलले लेखालाई चुस्त दुरुस्त राख्न सक्नुपर्नेमा जोड दिए ।

सहकारीको सिद्धान्त अनुसार चलिरहेका सहकारीहरु पनि लेखालाई चुस्त राख्न नसक्दा समस्यामा परेको भन्दै आफ्नो संस्थालाई अगाडि बढाउन र समस्या नआओस् भन्नका लागि आर्थिक पाटोलाई ध्यान दिनुपर्ने भन्दै उनले खाताहरु पनि पादर्शी तरिकाले राख्नुपर्ने बताए ।

सहकारीले अब कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन सबै क्षेत्रमा अगाडि बढेर काम गरी रोजगारी सिर्जना गर्नुपर्ने अवस्था आएको बताए । धेरै युवाहरु विदेशिएको अवस्थामा उनीहरुलाई नेपालमा फर्काएर रोजगारी दिनका लागि सहकारी क्षेत्र सफल हुनुपर्ने उनको तर्क छ

उनले संघिय सरकारले करको विषयलाई टुङ्गो लगाईदिएको बताए । सहुलीयत कर्जाले सहकारीलाई प्रोत्साहन लगायतका कार्यक्रम सहित सहकारीमैत्री बजेट आएको पाखरेलले बताए ।

जिल्ला संघले महत्वपूर्ण तालिमको आयोजना गरेको भन्दै उनले जिल्लामा सञ्चालनमा रहेका एघार सय सहकारीलाई नै यो किसिमको तालिम दिन सक्नुपर्ने बताए । सहकारीले गर्न सक्ने धेरै कार्याक्रम संघिय तथा प्रदेश मन्त्रालयहरुमा भएता पनि सूचनाको अभावमा कार्यक्रमहरु कोल्याप्स भएर गईरहेको अवस्थामा यसतर्फ संघले ध्यान दिनुपर्ने पोखरेको भनाई छ ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा जुम मार्फत भएको प्रशिक्षण कार्यक्रममा प्रदेश एकका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

एक सय जना भन्दा बढी सहकारी संञ्चालकहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा संघका लेखा समिति संयोजक लक्ष्मी सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सापकोटाले खाताबन्दी र लेखा परिक्षणको बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । सहकारीले लेखालाई चुस्त दुरुस्त तरिकाले राख्न नसक्दा संस्थानै बन्द गर्नुपरेको अवस्था रहेको सहभागिहरुले बताएका छन् । 



Leave a comment