ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले आन्तरिक नियन्त्रण प्रणाली तालिम सम्पन्न गरेको छ । संघले नियमित कार्यक्रम अन्तरर्गत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भर्चुअल रुपमा तालिम सञ्चालन गरेको संघका व्यवस्थापक सन्तोष बजगाईले बताए ।
सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी नहुँदा विभिन्न समस्या उत्पन्न हुन नदिन तालिम संचालन गरेको संघले जनाएको छ । तालिममा संस्था संचालनमा चुस्तता तथा प्रभावकारीता, जालसाजी तथा गल्तीको रोकथाम गर्ने तथा पत्ता लगाउने विधिहरु, जोखिम नियन्त्रणका विधिहरु, जिम्मेवारी, नियन्त्रण प्रणालीका प्रकृयाहरुका बारेमा जानकारी गराइएको थियो ।
संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन व्यवस्थापनमा उचित ध्यान पु¥याउन सबै सहभागिहरुलाई सुझाव दिए । उनले सहकारीहरुले आन्तरिक नियन्त्रणको महत्वलाई सबैले अंगीकार गर्दै संस्थाको उचित व्यवस्थापनमा ध्यान दिन सबैलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका रजिष्ट्रार विक्रम पाण्डेले संघले संस्था संचालनमा महत्वपूण भूमिका राख्ने विषयमा तालिम आयोजना गरेकोले तालिमबाट सिकेका कुराहरुलाई अक्षरस पालना गर्न सुझाव दिए । तालिमको वरिष्ठ चाटर्ड एकाउन्टेन्ट क्षितिज शर्माले सहजीकरण गरेका थिए ।
Leave a comment