नुवाकोट । जिल्ला सहकारी संघ नुवाकोटको संयोजनमा जिल्ला भित्रका सहकारी संघ ÷ सस्थाले जिल्ला अस्पताललाई आसियु बेड र प्यासेन्ट मनिटर सहयोग गरेका छन् । राष्ट्रिय सहकारी बैंक बिदुर शाखाको आर्थिक सहभागितामा आसियु बेड र प्यासेन्ट मनिटर सहयोग गरेका हुन् ।
कोभिड १९ महामारी रोकथाम र उपचारका लागि संघले १ थान इलेक्ट्रिक आसियु बेड र प्यासेन्ट मनिटर जिल्ला अस्पताल नुवाकोटका अध्यक्ष अर्जुन प्रसाद न्यौपाने र मे.सु.दिपेन्द्र पान्डेलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी नुवाकोट बचत तथा ऋण सहकारी संघ, त्रिशुली बचत तथा ऋण सहकारी सस्था, सङ्गम बचत तथा ऋण सहकारी सस्था र नेपाली इन ओकायामा जापानले एक एक थान आसियु बेड र मनिटर सहयोग गरेको सहकारीकर्मी बैकुण्ठ मिश्रले जानकारी दिए ।
Leave a comment