बजेट ०७८/०७९ मा सहकारी, कार्यान्वयनमा चुनौती

बजेट ०७८/०७९ मा सहकारी, कार्यान्वयनमा चुनौती :: Sahakari Akhabar

उद्यमशीलता र सशक्तीकरणको विषय धेरै क्षेत्रबाट आएकाले सहकारीले क्यास गर्न सक्नुपर्ने

‘अनुदान दुरुपयोग नहोस् । अनुदानले सहकारीको बदनाम नहोस्

आर्थिक वर्ष ०७८/०७९ को बजेटले सहकारीलाई सम्बोधन गरेको विषयमा महासंघले गरेको भर्चुअल कार्यक्रममा सहभागीहरुले राखेको बिचार ।

धर्मदत्त देवकोटा

महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाले बजेट सहकारी मैत्री आएको बताए । ‘प्रशंशा गर्ने गरी आएको छ । अनुदान दुरुपयोग  नहोस् ।’ उनले भने ।

बिनोद पराजुली

कृषि बीउ केन्द्रीय सहकारी संघका अध्यक्ष बिनोद पराजुलीले सहुलियत कर्जा, प्रोत्साहन अनुदान र वस्तुको सहज पहुँचका लागि बजार व्यवस्था महत्वपूर्ण भएको बताए ।

सहकारी एकीकरणमा जोड दिदैँ प्रदेशमा पनि महासंघको लबिङ हुनुपर्ने उनले बताए । उद्यमशीलता र सशक्तीकरणको विषय धेरै क्षेत्रबाट आएकाले सहकारीले क्यास गर्न सक्नुपर्ने उनको भनाइ छ ।

केशव पोखरेल

सहकारीकर्मी केशव पोखरेलले कर्जामा कर कट्टी गर्न नपर्ने सम्बोधन भएपनि बचतको विषय सम्बोधन नभएको बताए ।  संस्थाको प्रवद्र्धन र सशक्तीकरण गर्न प्रवद्र्धन कोष परिचालन गर्नुपर्ने उनले बताए ।

माधव प्रसाद जोशी

सुदूरपश्मि प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रसाद जोशी संघ सुदृढिकरणतर्फ ध्यान दिदैँ विषम परिस्थितिमा बजेटले सहकारी समेट्नुमा उपलब्धिमूलक मान्नुपर्ने बताए ।

प्रेम सुवेदी

लुम्बिनी प्रदेश सहकारी संघ अध्यक्ष प्रेम सुवेदीले बजेटको स्वागत गर्दै कार्यान्वयनमा लबिङ गर्नुपर्ने बताए ।

विष्णु राई (दाहाल )

इलाम जिल्ला सहकारी संघकी अध्यक्ष  विष्णु दाहालले बजेट कार्यान्वयन गर्न गाह्रो हुने देखिएको बताइन् । शीत भण्डारको विषय उठ्ने गरे पनि कार्यान्वयन हुनै नसकेको उनले भनिन् ।

सरिता भट्टराई

राष्ट्रिय सहकारी बैंकको सञ्चालक सरिता भट्टराई तिमिल्सनाले बजेटमा उल्लेखित विषय कार्यान्वयनमा जान कसले के गर्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताइन् ।

रामहरि बजगाइ

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले सहकारीको नाममात्र उच्चारण भएर मात्र नहुने भन्दै बजेट (रकम) मै उचित सम्बोधन हुनुपर्ने बताए ।

सहकारीको स्तर वृद्धि गर्न ध्यान दिन आवश्यक भएको उनको भनाइ छ । चेक क्लियरेयन्स र थोक कर्जाको व्यवस्था गर्न उनले ध्यानाकर्षण गराए ।

‘अनुदान दुरुपयोग नहोस् । अनुदानले सहकारीको बदनाम नहोस् भन्ने तर्फ सजग हुनुपर्छ ।’ उनले भने । एकीकरणको विषय आउनुपर्नेमा ३२ हजार समूह सहकारीमा आउँदा व्यवस्थित गर्न कठिन हुने बताए । बिगतको बजेट समीक्षा गर्दै कार्यानवयन गर्न लबिङ गर्नुपर्ने उनले भने ।

कल्पना श्रेष्ठ

मकावानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले बजेटको १८४ र १८५ बुँदाले कोषको परिचालन गर्न पाइने नपाइने स्पष्ट नभएको बताइन् ।

स्टार्ट अप बिजनेस र शैक्षिक प्रमाणपत्र कर्जा सहकारीबाट ल्याउन लबिङ गनुपर्ने उनको भनाइ छ । कर्जा सूचना केन्द्र स्थापना गर्न ढिला  गर्न नहुने उनले बताइन् ।

राजेश पण्डित

पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष राजेश पण्डितले बजेटमा जति सम्बोधन भएको छ, त्यति कार्यानवयन गर्नतर्फ ध्यान दिनुपर्ने बताए । सहकारीमार्फत अक्सिजन प्लान्ट निर्माण गर्न अभियान नै चलाउनुपर्ने उनले बताए ।




Leave a comment