शुभकामना साकोसद्वारा बिपत् काेषमा ४ लाख ४४ हजार सहयोग

शुभकामना साकोसद्वारा बिपत् काेषमा ४ लाख ४४ हजार सहयोग :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था सूर्य विनायकले भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ४ लाख ४४ हजार ,४४४ रूपैया ४४ पैसा रकम सहयोग गरेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले चेक  हस्तान्तरण गरेका हुन् । मेयर प्रजापतिले यस बिषम परिस्थितीमा जनताको सहयोगबाट जनताकै उपचारको लागि स्तरीय अस्पतालको व्यवस्था गर्न लागिएको र आशा अनुरुप सहयोग पाइरहेको बताउदै धन्यवाद दिए ।

संस्थाका अध्यक्ष कासुला ज्यूले सर्वसाधारण जनताको स्वास्थ्य तथा सामाजिक क्रियाकलापहरुमा सहयोग गर्नु सहकारीको सामाजिक उत्तरदायित्व रहेको बताउनु भयो । उक्त अवसरमा संस्थाका सचिव पुष्पलाल तिमिला कोषाध्यक्ष बलराम जु श्रेष्ठ संचालक द्वय नारायण बहादुर बासुकला सृजना सुवला तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालको उपस्थिति रहेको थियो ।

कोभिड–१९ को दोश्रो लहरले विश्वलाई नै आक्रान्त पारिरहेको र भक्तपुर जिल्लामा पनि दिन प्रति दिन संक्रमित तथा मृतकको संख्या बृद्धि भइरहेकोले भक्तपुर नगरपालिकाद्वारा हालै संचालनमा ल्याईएको ख्वप अस्पताल अन्तर्गत कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामको लागी कोभिड युनिट आइसोलेशन केन्द्र र एचडीयू संचालन गर्न आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरण व्यवस्थापनको लागि रकम जम्मा गरिएको हो । 



Leave a comment