हसना भास्तिपुर साकोस १३ औं वर्षमा प्रवेश

हसना भास्तिपुर साकोस १३ औं वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौं । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था १३ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ १३ गते स्थापना भएको संस्थाले ६ हजार सदस्य रहेको संस्थाले १ अर्व ४१ लाखको वासलात बनाएको जनाइएको छ ।

संस्थाले यसबीचमा चार वटा संस्था एकिकरण गरेको छ भने, विभिन्न स्थानमा सेवाकेन्द्र मार्फत सेवा दिने संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनले बताएका छन् ।

संस्थाले १२ वर्ष पुरा गरेको अवसरमा सम्पूर्ण सदस्य, पदाधिकारी, समिति उपसमिति, सरोकारवाला तथा शुभेच्छुकहरुमा शुभकामना ब्यक्त गरेकाे छ।

संस्थाले सदस्यलाई बन्दाबन्दीको समयमा किस्तामा १० प्रतिशत छुट दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी असार मसान्त भित्र किस्ता तिर्ने सदस्यहरुलाई १० प्रतिशत छुट दिने निर्णय भएको जनाएको छ ।

संस्थाका प्रवन्ध सञ्चालक सम्पूर्ण मर्हजनको हस्ताक्षर भएको सूचनामा असार मसान्त भित्र किस्ता तिर्ने ऋणी सदस्यहरुकालागि लकडाउन भरिको किस्तामा छुट दिने र त्यस अघिको किस्तामा पनि जरिवाना नलिने जनाइएको छ ।

साथै संस्थाले बन्दाबन्दीको समयमा संस्थाका पदाधिकारी तथा कर्मचारी नारायण कृष्ण महर्जन, सम्पूर्ण महर्जन, सुमन देवि महर्जन तथा रजना महर्जनसंग सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ ।



Leave a comment