भक्तपुर जिल्ला बचत संघको एड्भान्स एक्सेल तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत संघको एड्भान्स एक्सेल तालिम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको एक हप्ते एड्भान्स एक्सेल तालिम सम्पन्न भएको छ । संघको संस्थागत विकास उपसमितिको आयोजनामा संञ्चालि भर्चुअल तालिमको विश्वराम मचामसीले सहजिकरण गरेका थिए । तालिममा १९ जनाको सहभागिता रह्यो ।

तालिममा संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहकारीले सामाजिक दायित्व अन्र्तगत समुदायको विकास कोषमार्फत सहयोग गर्न सक्ने कुरा बताए ।

उनले संकटको बेला सहकारी व्यवसाय सशक्त हुनुपर्ने कुरा राखे । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” नारालाई मुर्त रुप दिन सहकारीले प्रविधिलाई जोड दिनुपर्ने कुरा राख्दै प्राविधिक तालिमले कर्मचारीको कार्यक्षमतामा वृद्धि गर्ने बताए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले तालिमबाट सिकेका कुराहरु प्रयोगमा पनि ल्याउनुपर्ने बताए । महालक्ष्मी साकोसका व्यवस्थापक इन्द्रहरी बुढाले भर्चुअल तालि समयको सदुपयोगका साथै उपयोगि र व्यवहारीक रहेको भन्दै संघले प्राविधिक शिक्षालाई निरन्तर दिनुपर्ने कुरा बताए  ।



Leave a comment