हाइलाइट

निषेधाज्ञामा पनि सीतापाइला सहकारी सातामा दुई दिन खुल्ने

निषेधाज्ञामा पनि सीतापाइला सहकारी सातामा दुई दिन खुल्ने :: Sahakari Akhabar

काठमाडौँ । सीतापाइमा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी सातामा दुई दिन खुल्ने भएको छ । संस्थाले सूचना प्रकाशन गरी सदस्यहरुलाई उक्त दिन सेवा लिन भनेको छ ।

सरकारले कोरोना संक्रमण नियत्रणकालागि उपत्यकमा जेठ २० गते सम्मकालागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा सदस्यलाई अत्यावश्क सेवा प्रवा गर्न संस्थाले साताको आइतबार र बिहिबार कार्यालय खुल्ने जनाएको छ ।

संस्थाले मुख्य कार्यालय र इचंगु सेवाकेन्द्र सातामा दुई दिन बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ने जनाएको छ । त्यसका साथै संस्थाले संचालन गरेको एटिएम तथा मोबाइल बैकिङ्ग सेवा प्रयोग गरी सम्पूर्ण सेवा लिन सकिने जनाएको छ । संस्थाको सीतापाइला एप डाउनलोड गरी सेवा लिन सकिने संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले जनाएका छन् ।
 



Leave a comment