काठमाडौं । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई बन्दाबन्दीको समयमा किस्तामा १० प्रतिशत छुट दिने भएको छ ।
संस्थाले सूचना प्रकाशन गरी असार मसान्त भित्र किस्ता तिर्ने सदस्यहरुलाई १० प्रतिशत छुट दिने निर्णय भएको जनाएको छ ।
संस्थाका प्रवन्ध सञ्चालक सम्पूर्ण मर्हजनको हस्ताक्षर भएको सूचनामा असार मसान्त भित्र किस्ता तिर्ने ऋणी सदस्यहरुकालागि लकडाउन भरिको किस्तामा छुट दिने र त्यस अघिको किस्तामा पनि जरिवाना नलिने जनाइएको छ ।
साथै संस्थाले बन्दाबन्दीको समयमा संस्थाका पदाधिकारी तथा कर्मचारी नारायण कृष्ण महर्जन, सम्पूर्ण महर्जन, सुमन देवि महर्जन तथा रजना महर्जनसंग सम्पर्क गरी सेवा लिन अनुरोध गरेको छ ।
Leave a comment