काठमाडाै। राष्ट्रिय सहकारी बैंकले कोरोना महामारीको समयमा सदस्य संघ संस्थाहरुका लागि तालिमलाई निरन्तरता दिएको छ ।
सरकारले जारी गरेको निषेधाज्ञामा पनि बैकले संचालन गरेको भर्चुअल माध्यममा सहकारी संघ संस्थाहरुको सहभागिता उल्लेख्य रहेको जनाइएको छ ।
बैकले कोरोना माहामारीका बिचमा भर्चुअल माध्यमबाटनै आधारभुत तहका तालिम तथा शिक्षालाई निरन्तर संञ्चालन गरिरहेको छ ।
गुणस्तरिय शिक्षालाई प्राथामिकतामा राखी सदस्य सहकारी संघ संस्थाको सेवाको गुणस्तर वृद्धी गर्ने र सहकारी संस्थाको संस्थागत बिकासमा टेवा पुयाउने उद्देश्यका साथ सचालन गरेकाे बैकले जनाएकाे छ ।
सदस्य सहकारी संघ संस्थाहरुका लागि केन्द्रित गरि बन्दाबन्दीको समयमा आयोजना गरिएको तालिम तथा शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएकोे बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।
उनले बैंकको ६८ वटै शाखा कार्यालयबाट तालिम तथा शिक्षा निरन्तर संञ्चालन भईरहकोे बताउँदै यसको भरपुर उपयोग गर्न पनि सदस्य संस्थाका प्रतिनिधिहरुलाई अनुरोध समेत गरे ।
सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, विकास एव वित्तीय आवश्यकता पूरा गरी संघ संस्थाहरुलाई बैकिङ्ग सेवामा पहँच पुयाउनका साथै वित्तीय तथा अन्य सेवा उपलब्ध गराउन सहकारी क्षेत्रमा सहयोग पुयाउन ७७ वटै जिल्लामा सदस्य विस्तार गरेको बैंकमा १३ हजार ३ सय भन्दा बढी सहकारी संघ संस्था रहेका छन् ।
Leave a comment