तपाई हाम्रोको कार्यालय आइतबार र बुधबार खुल्ने

तपाई हाम्रोको कार्यालय आइतबार र बुधबार खुल्ने :: Sahakari Akhabar

काठमाडौं । पुरानो नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको सेवा सातामा दुई दिन रहेको छ ।

संस्थाले साताको आइतबार र बुधबार कार्यालय खोलेर सदस्यलाई सेवा दिने जनाएको छ । संस्थाले उक्त दिन मुख्य कार्यालय र नैकाप काउण्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने जनाएको हो ।

संस्थाले अत्यावश्यक सदस्यललाई प्राथमिकता दिन र कोरोना संक्रमणबाट जोगिन सचेतना अपनाउन आग्रह समेत गरेको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ । 



Leave a comment