मोरङमा: सहकारीमा प्रविधिको प्रयोग, सदस्यलाइ छैन चासो

मोरङमा: सहकारीमा प्रविधिको प्रयोग, सदस्यलाइ छैन चासो :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगरमा रहेको सौर्य बचत तथा ऋण सहकारी संस्थाका वसीम आलम सेवा दिँदा कार्यालय खोलेरै दिने बताउँछन् । ‘कि त सम्पर्क व्यक्ति तोकेर घरमा नै गएर दिने हो’ उनले भने । सहकारीमा प्रविधिको प्रयोग एकदमै न्युन छ ।

सहरकाले मात्र गर्न सके, नत्र अरुले नसक्ने उनको भनाई छ । सहकारीका सिमित सदस्य मात्र प्रविधिको पहुँचमा हुने उनले बताए । धेरै जसो शेयर सदस्य प्रविधिको पहुँच भन्दा बाहिर रहेको उनको तर्क छ ।

आलमका अनुसार सहकारीमा शेयर सदस्य बनेका १ वा २ प्रतिशतले मात्र प्रविधिको प्रयोग गर्न सक्ने र अरु सदस्य सानो सानो व्यापार व्यवसाय गरेर बचत गर्ने तथा आवश्यक परेको बखत ऋण लिएर गर्जो टार्ने खालका हुन्छ ।

उनीहरुले प्रविधिको प्रयोग कसरी गरुन । सहकारीले प्रविधि मार्फत मात्र सेवा दिन असम्भव भएको उनको बताए । ‘मोरङमा केही सहकारीले प्रविधिको प्रयोग गरेको भए म जान्दिन’ उनले भने ‘अधिकास सहकारीले चाहि गरेका छैनन् ।

विराटनगरकै इश्वर बचत तथा ऋण सहकारी संस्थामा आवद्ध बलबहादुर घिमिरे अरु बेलामा भन्दा अहिले भोगिरहेको विषम् परिस्थितिमा प्रविधिको प्रयोग आवश्यक पर्ने बताउँछन् ।

यसको लागि बेलैमा सहकारीहरुले सोच्नुपर्ने उनको तर्क छ । यस्ता महामारीले हरेक क्षेत्र प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । यसमा सहकारी क्षेत्र पनि प्रविधिमैत्री हुनुपर्ने देखिएको घिमिरेले बताए ।

आजसम्म यहाँका धेरै सहकारीले प्रविधिको प्रयोग नगरेको अवस्थामा  प्रविधिको प्रयोग गर्न सकिने नसकिने विषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

जिल्लामा त्यो स्तरमा शेयर सदस्य पुग्न अझै समय लाग्ने उनको भनाई छ । केही सहकारीले प्रविधिको मार्फत सेवा दिईएको भएपनि सदस्यले प्रयोग नगर्दा छ भन्ने मात्र भएको अधिकारीले बताए । जिल्लाका सहकारीलाई प्रविधिमैत्री बन्न अझै समय लाग्ने उनले बताए । सहकारीलाई प्रविधिमैत्री बनाउनु भन्दा पहिला शेयर सदस्यलाई प्रविधिमैत्री बनाउन सक्यो भने मात्र सम्भव रहेको अधिकारीको भनाइ छ ।

प्रविधिको प्रयोग न्युन

मोरङमा प्रविधिको प्रयोग गर्ने सहकारी थोरै छन् । बजार क्षेत्रमा रहेका सहकारीले बढि मात्रामा प्रविधिको प्रयोग गरेका छन् भने ग्रमिण क्षेत्रमा सञ्चालनमा रहेका निकै कम सहकारीले मात्र प्रयोग गरेको देखिन्छ ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल पछिल्लो समयमा सहकारीहरु पनि प्रविधि मैत्री बन्न खोजेको बताउछन् । जिल्लाका सहकारीहरुले अनलाईन सेवा सञ्चालन, एस.एम.एस सेवा मार्फत सदस्यलाई सेवा दिईराखेको उनको भनाई छ ।

आफ्ना शेयर सदस्यको अवस्थालाई मध्यनजर गर्दै सहकारी क्षेत्र पनि प्रविधिमैत्री बन्दै जानुपर्ने उनको तर्क छ । अव पनि सहकारीहरु प्रविधिमैत्री बन्न सकेनन् भने बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने अवस्था सिर्जना भएको उनको भनाई छ ।

जिल्लाका केही सहकारीले एटिएम सेवा पनि सञ्चालन गरेको पोखरेलले बताए । बजार क्षेत्रका शेयर सदस्यहरुले पनि विस्तारै प्रविधिलाई पछ्याउँदै गएको उनको भनाई छ ।

ग्रामिण क्षेत्रका सहकारीमा आवद्ध भएका सदस्यहरुलाई प्रविधिको बारेमा बुझउन सहकारीहरु सक्रिय हुने पर्ने बताउँदै पोखरेलले अव विस्तारै सहकारीहरु प्रविधिमैत्री बन्दै जाने बताए ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी काठमाडौं तिर यसको प्रयोग भएपनि मोरङका सहकारीमा न्युन मात्र प्रयोग भएको बताउछन् ।

जिल्लामा त्यो स्तरमा शेयर सदस्य पुग्न अझै समय लाग्ने उनको भनाई छ । केही सहकारीले प्रविधिको मार्फत सेवा दिईएको भएपनि सदस्यले प्रयोग नगर्दा छ भन्ने मात्र भएको अधिकारीले बताए ।

जिल्लाका सहकारीलाई प्रविधिमैत्री बन्न अझै समय लाग्ने उनले बताए । सहकारीलाई प्रविधिमैत्री बनाउनु भन्दा पहिला शेयर सदस्यलाई प्रविधिमैत्री बनाउन सक्यो भने मात्र सम्भव रहेको अधिकारीको भनाइ छ ।



Leave a comment