७३ सय सदस्य बिच, हेल्लो सदस्य अभियान
पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था आज (८ गते) देखि स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालय कास्कीलाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ
संस्थाले दुवै संस्थालाई ५ हजार थान मास्क र एक सय लिटर सेनिटाईजर सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले बताए ।
उक्त स्वास्थ्य सामाग्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान डिन डा.नरेन्द्रविक्रम गुरुङ्गलाई संस्थाका सचिव चन्द्रप्रसाद गुरुङ्गले र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि.जीवनकुमार श्रेष्ठलाई संस्थाका मूख्य प्रवन्धक मीलन ढकालले हस्तान्तरण गरेका थिए ।
प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले सहकारीबाट प्राप्त सहयोग नागरिकहरुको सुरक्षामा अग्रभागमा खटिने राष्ट्र सेवकहरुको लागि वितरण गरिने बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान डिन डा.नरेन्द्रविक्रम गुरुङ्गले पोखरा रोयल सहकारीले गरेको सहयोग समाज र राष्ट्रप्रतिको उत्कृष्ट उदाहरण भएकोले अरु संस्थाहरुले पनि असल अभ्यासको अनुशरण गर्नुपर्ने बताए ।
संस्थाले हेल्लो सदस्य अभियान मार्फत सबै सदस्यहरुको आर्थिक तथा स्वास्थ्य अवस्था बारे जानकारी लिईरहेको र अवस्था सामान्य भए पश्चात नयाँ रणनीति साथ पूर्ण तय प्रविधीयूक्त सहकारी निर्माण गर्ने बताए । संस्थामा हाल ७३०० शेयर सदस्य, ५०जना लाई प्रत्यक्ष रोजगारी, २० करोड शेयर पूँजी, १२ करोड जगेडा कोष र २ अर्ब बढीको वासलात छ ।
संस्थाले २०औं स्थापना दिवस भर्चुवल माध्यमबाट शुभकामना आदानप्रदान, २० वर्षको २० उत्कृष्ठ कार्यहरुको भिडियो सार्वजनिकीकरण र शुभकामना सन्देश जारी गरि मनाएको छ ।
शुभकामना सन्देश जारी गर्दै संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङ्गले यो विषम परिस्थितिमा सबैलाई धैर्य धारण गर्न, नेपाल सरकारले जारी गरेको सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्न र आआफ्नो परिवार साथ सुरक्षित रहन अपिल गरेका छन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले संस्थाले सदस्यहरुको अत्यावश्यक कार्यको लागि सम्पर्क व्यक्ति तोकि नियमित रुपमा सेवा प्रदान गरिरहेको, संस्थाका एटिएम सेवा र मोबाईल बैकिङ्ग सेवा संधै खुल्ला रहेको जानकारी दिए ।
संस्थाले हेल्लो सदस्य अभियान मार्फत सबै सदस्यहरुको आर्थिक तथा स्वास्थ्य अवस्था बारे जानकारी लिईरहेको र अवस्था सामान्य भए पश्चात नयाँ रणनीति साथ पूर्ण तय प्रविधीयूक्त सहकारी निर्माण गर्ने बताए ।
संस्थामा हाल ७३०० शेयर सदस्य, ५० जना लाई प्रत्यक्ष रोजगारी, २० करोड शेयर पूँजी, १२ करोड जगेडा कोष र २ अर्ब बढीको वासलात छ ।
४ जिल्ला कार्यक्षेत्र, ४ वटा कार्यालय मार्फत सेवा, सहकारी लघुवित्त कार्यक्रम, पूर्ण रुपमा एटिएम तथा मोवाईल बेकिङ्ग सेवा, क्यू आर कोड मार्फत ईटेलर सुविधा, विविध सामाजिक तथा व्यवासायिक प्रतिष्ठान मार्फत सेवा दिईरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
Leave a comment